आगामी तीन दिनको मौसम पूर्वानुमान



फाल्गुन ०७ गते (शुक्रबार)

दिउँसो: प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती: प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

फाल्गुन ०८ गते (शनिबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन ०९ गते ( आइतबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्