बिद्यालय भित्र हुने राजनीतिकाे शिकारमा बिद्यार्थी



काठमाण्डाैं   । को उतरपुर्बी भेगमा पर्ने शंखरापुर-२को शारदा माबि बिद्यालय राजनितिको चरम चपेटामा परेको छ। ब्यबस्थापन समितिको बेलैमा पुनर्गठन नहुदा यस्को सिकार विद्यार्थी बनेका हुन् । ब्यबस्थापन समितिमा हुने राजनैतिक खिचातानीले गर्दा समितिको पुनर्गठन हुन नसकेको हो।

कक्षा १० सम्म पढाइ हुने उक्त बिद्यालयमा गतसाल फागुन देखि गणित शिक्षक छैनन। कक्षा १०को अन्तिम परिक्षा  एसईई नजिकिदै गर्दा पनि विद्यार्थीले राम्ररी तयारी गर्न पाएका छैनन्।राजनितीको खेलमैदान बनेको  उक्त स्कुल काठमाण्डाैंकाे  सबैभन्दा दुर्गम भेगमा पर्छ। विद्यार्थीलाई पढ्नको लागि अन्य बिकल्प पनि छैन। ट्युसन सेन्टर पनि नहुंदा उनिहरु परिक्षा कसरी दिने भनेर अन्यौलमा छन। विद्यार्थीले शिक्षकको ब्यबस्था गरिदिनु भनेर प्रधानाध्यापकलाइ पटप पटक अनुरोध  समेत   उनले ब्यबस्थापन समितिको लठापत्र स्थिती देखाएर आफुले केही गर्न नसकेको बताउने गरेका छन्।

शिक्षण सिकाइमा राजनीतिले पारेको प्रभाब कलिला बालबालिकाको भबिस्य अनिश्चित बन्ने देखिन्छ। एक विद्यार्थी का अनुसार “स्कुलमा कतिपय शिक्षक एकआपसमा बातचित नै गर्दैनन।  दैनिक जसो २ /३ पिरिएड प्रेड क्लास खालि हुन्छ।”विद्यालयको यो स्थितिको शैक्षिक गतिविधिले विद्यार्थी को भबिस्य कहाँ पुग्ने हो? सहजै अनुमान गर्न सकिन्छ।यसरी कलिला बालबालिकाहरुको भबिस्य नै एकातिर खस्किदो स्थिति पाइन्छ। सम्बन्धित निकायको बालबालिका माथि शिक्षण सिकाइमा ध्यान पुग्न जरुरि छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्