श्रीलंकाले एमसीसीमा कहिल्यै हस्ताक्षर नगर्ने



काठमाडौं। श्रीलंकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा कहिल्यै हस्ताक्षर नगर्ने भएको छ। श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले अमेरिकासँगको एमसीसीमा कहिल्यै हस्ताक्षर नगर्ने बताएका छन्।

उनले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने बताएको त्यहाँका एक स्थानीय पत्रिकाले जनाएको छ। राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग यस विषयमा वार्ता भएको भन्दै आफ्नो भूमि अन्य कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने बताएका छन्।

श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले आफ्नो सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा सपनामा पनि हस्ताक्षर नगर्ने बताएका हुन्।

‘सपनामा पनि एमसीसीमा हस्ताक्षर हुने छैन,’ राजापाक्षेले भनेका छन्। राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग सौहार्द्र वार्ता भएको पनि बताएका छन्।

‘यसअघि अमेरिकी कूटनीतिज्ञहरु भ्रमणमा आउँदा मानवअधिकार उल्लंघनको विषय उठाउँथे। तर, यसपटक यो मुद्दाबारे हामीले अमेरिकालाई सम्झायौं,’ उनले भनेका छन्। एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्