अब कुनै हालतमा केपी ओलीसंग सम्झौता नहुने – प्रचण्ड



नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कुनै हालतमा केपी ओलीसंग सम्झौता नहुने बताएका छन्। उनले भनेका छन्, ‘केपी ओलीसँग अब कुनै सहमति हुन्नँ, गरिन्नँ’। सम्मानित सर्वोच्च अदालतले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई बदर गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

उनले फैसलाको स्वागत पनि गरेका छन्। संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए। ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभाको विघटनसंग नेकपामा दुई चिरा परेको थियो। संसद विघटनसंगै प्रचण्ड माधव नेपालले बहुमत सदस्यहरुको प्रतिनिधित्व गरिर्हेका छन् भने प्रधानमन्त्री ओली नेकपाको अल्पमत सदस्यहरुलाई प्रतिनिधित्व गरिरहेका छन्। विघटन पछि नेकपाको प्रचण्ड नेपाल (वहुमत पक्ष) सडक संघर्षमा छ। विघटनको निर्णयविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो। प्रधानन्यायाधीशको एक इजलासले ८ पुसमा संवैधानिक इजलासले संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएका थिए।

१० पुसमा सर्वोच्चले एमीकश क्युरी गठन गर्ने निर्णय गरेको थियो। रिट निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए। प्रधानमन्त्रीको कदमको बचाउ गर्दै ३७ जना अधिवक्ताले बहस गरेका थिए। ३ फागुन देखि ७ फागुनसम्म एमीकश क्युरीले बहस गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। संवैधानिक इजलासले त्यसलाई सदर गरेको हो। प्रधानमन्त्रीको कदमका विरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दायर भएका थिए। निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए भने सरकारी पक्षबाट ३४ जनाले बहस गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्