कविता : जन्म दिनमा नाक काटियो



पोहोर सालको जन्म दिनमा केक काटियो।
देशको नक्सालाई टुक्राटुक्रा पारेर भाचियो।।

चुच्चे नक्सा पनि किन हो भाचियो!
यो सालको जन्म दिनमा त आफ्नै नाक काटियो।।

तेह्र दिनमा सक्नु रे काम भनि श्रीमानको हुकुम भो।
खै कति दिनमा पो हो कुन्नि ढिकुरो फुट्ने भो!

गहुँत कसले पो मन्तर्ने हो थाहा नै छैन।
काट्टो खाने ब्राह्मणको अझै अत्तोपत्तो हैन।।

कत्ति नेताहरू भाषण गर्दैछन् लोकतन्त्रको जित भो भनेर।
तिनलाई थाहा नै छैन कि क्या हो गणतन्त्र आइसक्यो भनेर!!

बादल माथि बिचरा अहिले असिना पर्‍यो।
ननभेज र नेपाल माथि लड्डुकै बर्षा झर्‍यो।।

अब के होला भनि कत्तिमा जिज्ञासा पर्‍यो!
बिचरी काकीलाई दाश ढुङ्गा भन्दा ठूलो बज्रपात पर्‍यो।।

जनतामा अझै पनि दुबिधा छायो है साथी।
गणतन्त्र आयो वा लोकतन्त्र आयो भन्ने कुरा माथि!

अलमलमा परे जनता काला कोटे माथि ।
संविधानमा लेखेको कुरा भन्न किन पो पक्ष विपक्ष साथी!

लेखेको कुरा भएरै छाड्छ भन्थे हाम्रा बाले।
पन्ध्र दिनका टिकेहरु अब छ्ट्पटाउन थाले।।

के के गर्छन् हेरौ अब बाका छोरा नाति!
को को आउछन् सडकमा हेरौ है अब साथी!

बाँकी कुरा के के हुन्छन् हेर्दै जाउ है साथी।
प्रहार गर्छन् कि गर्दैनन् अब फेरि गणतन्त्र माथि।।

बर्खान्त नभए सम्म त देशले जुठो बार्नै पर्छ होला साथी।
जनताले त भरोसा गरेकै छन् है गणतन्त्र र संविधान माथि।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्