डेमोक्रेसी नेपाल अनलाइन मिडियाका सम्पादकलाई वडा अध्यक्षको धम्कि



कैलाली । डेमोक्रेसी नेपाल अन्लाईन मिडियाका सम्पादकलाई वडा अध्यक्षले  धम्कि  दिएका छन्।  डेमोक्रेसी नेपाल डटकमका सम्पादक होम प्रसाद आचार्यलाई घोडाघोडी नगरपालिका वडा न.२ का वडा अध्यक्ष हरि बिस्ट ले समाचार रिपोर्ट को बिषय लाई लिएर कुटपिट गर्ने र क्यामरा माइक तोडफोड गर्ने धम्की दिएका हुन्  ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न २ आस्था नगर शिबिर लगाएत वडाका अन्य ठांउमा पुरानो पुर्जा वाला जग्गा धनी लाई बर्ग मिटर सहितको आउने गरि पुर्जा नयाँ दिने र सो नाप्न को लागि जसको जति कित्ता जग्गा भएपनी समान तीन हजार तिर्नु पर्ने र अनिवार्य नाप्नै पर्ने भनी वडा अध्यक्षले दशरथ माबिको सभाहलमा स्थानीयको भेला नै गरि उर्दी नै जारी गरेको र कतिपयले मनोमानी ढंगले रकम समेत उठाएको भनी सुचना आएपछि सो सम्बन्धमा स्थलगत रुपमा गएका थिए ।

स्थानीयको गुनासो र उनीहरुको आवाज सम्बन्धि भिडियो रिपोर्ट र स्वम वडा अध्यक्षको समेत लाई पनि सो सम्बन्धमा बुझी उनको समेत धारणा लिएर सामाग्री प्रसारण गरको र सो प्रसारण पछि एक्कासि फोन गरेर त पत्रकार होस कि को होस मेरो अनुमती बिना किन भिडियो प्रसारण गरेको म को हु चिनेको छैनस तेरो क्यामरा र माइक फुटाइदिन्छु र तिम्रो कुटपिट गर्छु भनी धमकाएको अडियो सार्वजनिक भएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्