पल र अरुणबीच भयो यस्तो सहमति, हात मिलाएर छुटे



चलचित्र अभिनेता पल शाह र चलचित्रकर्मी अध्यक्ष अरुण प्रधान बीचको विवाद सहमतिमा टुंगिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले विवाद छलफलबाट मिलेको जानकारी दिए । दुबै पक्षले आफ्नो पक्षबाट भएको गल्ती स्वीकार गर्दै माफी मागेपछि विवाद मिलेको बस्नेतको भनाई छ ।

विवाद मिलेपछि पल र अरुणले हात मिलाएर प्रहरी कार्यालयबाट हाँस्दै बाहिरिएका थिए । एक म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै पल विरुद्ध प्रधानले इलाका प्रहरी कार्यालय धरानमा केही दिन अगाडि उजुरी दर्ता गराएका थिए ।

शुक्रबार बिहान पनि प्रधानले आफूसँग पलले निखित माफी माग्नुपर्ने भन्दै एक विज्ञप्ति समेत जारी गरेका थिए । विज्ञप्तिमा प्रधानले पलले आफूसँग माफी नमागे प्रदेश नम्बर १ भर उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका थिए । पल म्यूजिक भिडियो सुटिङका लागि केही दिन अगाडि धरान पुगेका थिए । भिडियोको सुटिङ भने बिहिबार सकिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्