आज काठमाडौंका यी स्थानमा ६६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने



काठमाडौं। आज (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिरकणका अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।

प्राधिकरणले कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने जनाएको छ। जसले गर्दा कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

यस्तै, काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालय क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्