सामाजिक अभियान्ता शरिन तामाङले गरिन् महिलासंग बिवाहा



 

सामाजिक अभियान्ता शरिन तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार बिहे गरेकी हुन् । लामो समय इजरायलमा रोजगारीको शिलशिलामा बस्दै आइएकी सरिन समाज सेवा , विशेष गरि नेपालबाट मेनपावर र दलालबाट ठगिएका , बेचिएका नेपाली दाजुभाइ , दिदिबहिनीलाई उद्दार गरि नेपाल फर्काउन विशेष भुमिका सामाजिक संजालबाट नै निर्बाह गर्दै आएकी छिन । अन्याय र बेथिति विरुद्ध हक्की र खरो रूपमा आफ्नो बिचार राख्ने शरिन तामाङ इजरायलबाट स्वदेश फर्के पछि निरन्तर रूपमा सामाजिक कार्यमा आफुलाइ ब्यस्त राख्दै आएकी थिइन ।

केही समय अगाडि सामाजिक संजालमा आफू समलिंगी भएको कुरा आफै पब्लिस गरेकी थिइन् । शरिनका दुई सन्तान समेत छन् लामो समय आफ्नो बैबाहिक जिबनमा ब्रेक लागे पछि सरिन आफ्नो सन्तान प्रतिको जिम्मेवारी सगै सामाजिक काममा आफुलाइ निकै ब्यस्त राखेकी थिइन् । दुइ बर्ष देखि एक युवतिको प्रेममा रहेकी सरिनले आफ्नो प्रेमलाई गत शनिबार परिवारकै सहमति र राजीखुशीमा काभ्रेको देबि कार्कीसंग बैबाहिक जिबनको लगनगाठो कसेकी छिन ।

बिवाहा , प्रेम आफ्नो नितान्त ब्यक्तिगत अधिकार र स्वतन्त्रताको कुरा भएको हुँदा अहिलेको बिकसित समाजमा महिला – महिला बिवाहा गर्नु नौलो र टिकाटिप्पणीको रूपमा लिनु पर्छ जस्तो लाग्दैन । समाजमा तेस्रो लिङ्गीलाई पनि उतिकै संमान र अबसर दिनु पर्छ जुन कदम र साहस यो समाजमा सरिन तामाङले गरिन उच्च समान सहित बैबाहिक जिबनको सफलताको सुभकामना संगै हार्दिक बधाई व्यक्त गर्दछौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्