अध्यनका लागि विदेश पठाउने एजेन्सीमा विभागको छापा



फागुन १६ , काठमाडौँ। अध्यनका लागि विदेश पठाउने एजेन्सीमा बैदेशिक रोजगारले  छापा मारेकाे छ । पुरानो बानेश्वर स्थित स्काई वार्ड कन्सल्टटेंसीमा बैदेशिक रोजगार विभागको टोलीले छापा मारेको हो।विभाग सहित मिडिया थाहा अनलाइन डटकमका पत्रकार टोलीको उपस्थित र गोप्य सुचनालाई आधार बनाइ छापा मारिएको हो।

अध्ययनका लागि विदेश पठाउने उद्देश्यले खोलिएको भएतापनि कामदार भिसामा पठाउन खोजेको र बैदेशिक रोजगार विभागको कानुन बिपरित गरेको खुल्न आएको छ। बैदेशिक रोजगार बिभाग बाट गएका हेम पाण्डेका अनुसार दुई थान कप्यूटर , पासपोर्ट सात ओटा , रसिद दुइ थान , साथै रेकर्ड फाइलहरु समेत बरामद गरि लिएको बताउनु भयो। सत्य तथ्य छानबिन गरि कारबाही गर्ने पनि बताउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्