प्रचण्डका सुराकी भएपछि गृहमन्त्री बादलले बर्खास्त गरे स्वकीय अधिकृत



काठमाडौं– गृह मन्त्रालयका रणनीति र गोप्य सूचना नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुहाएपछि गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत विरु तामाङलाई बर्खास्त गरेका छन्।नेकपा विवादपछि सरकार र गृह मन्त्रालयले तयार पारेका रणनीतिक योजना र कदमबारे अनधिकृत रुपमा प्रचण्डलाई सूचना चुहाएको आरोप तामाङलाई थियो।३० माघदेखि नै लागू हुनेगरी उनलाई बर्खास्त गरिएको बताइएको छ। ‘सरकारको तलब लिएर सरकारविरुद्ध गतिविधि गर्ने प्रचण्ड समूहलाई सुराकाकीको काम गरेपछि गृहमन्त्रीले हटाएका हुन्’, उच्च स्रोतले भन्यो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्