जन्मदिनमा फजुल खर्च नगरी बिधालयमा शैक्षिक सामाग्री सहयोग



गुल्मी छत्रकोट गाउँपालिका वडा न ३ निवासी श्यामलाल नेपालीले आफ्नो जन्मदिन मनाउने खर्च साना साना विद्यार्थी भाइबैनीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । आफुले अध्यन गरेको मैना डाडा माध्यमिक बिधालयमा कक्षा नर्सरी देखि कक्षा सात सम्मका बिद्यार्थीलाई जन्म दिनको अबसरमा शैक्षिक सामाग्री प्रदान गरेका छन् । केही समय अगाडी आफ्नै अध्यक्षतामा साइप्रसमा गुल्मी सेवा समाज साइप्रस नामक संस्था समेत खडा गरेर विविध कार्यक्रमहरु पनि गरिरहेको बताउनु भयो । यस्ता पर्बको फजुल खर्च कटाउन पाटी, भोज भतेर रोक्न आफुले यो अभियान सुरु गरेको उहाँले बताउनु भयो । यसरी सामाग्री प्रदान गरेकोमा बिधालयका प्रधानाध्यापक अमृता थापाले धन्यवाद दिदै यस्तै अभियानबाट गरिब बिपन्न असाय बर्गका परिवारका छोरा छोरीलाइ ठुलो राहत पुगेको र यस्तै कार्यलाइ हातमा हातमा मिलाएर अगाडी आग्रह गर्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्