नेकपा स्थायी समिति सचिवालयले नंया सरकारको जिम्मा लिने



फागुन १९, काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सरकार गठनसम्बन्धी सम्पूर्ण जिम्मा स्थायी समिति बैठक र केन्द्रीय सचिवालय बैठकलाई दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । सरकार गठनको तयारीसम्बन्धी सबै जिम्मा स्थायी समिति र केन्द्रीय सचिवालय बैठकलाई दिएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए ।

संसद् पुनर्स्थापना भएपछि नेकपाको प्रचण्ड-नेपाल समूहले सरकार गठनसम्बन्धी प्रयास सुरु गरे पनि कुनै निर्णयमा पुगिसकेको छैन । प्रचण्ड-नेपाल पक्षले आफ्नो पक्षमा बहुमत हुँदाहुँदै पनि निर्वाचन आयोगले निर्णय नगरेकोमा खेद प्रकट गरेको छ । आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले कानुनसम्मत् निर्णय गर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको रावलले जानकारी दिए । ‘हाम्रो पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि स्पष्ट निर्णय नआएकोमा खेद प्रकट गरेको छ । निर्णय गर्न जोडदार माग गरेको छ,’ उनले भने, ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो ।’ निर्णयमा ढिलाइ गरेकोमा आयोगलाई पत्राचार पनि गर्न सकिने उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्