पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपात को सम्भावना



आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन २२ गते (शनिबार)

दिउँसो : प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

राती : प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश को को पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २३ गते (आईतबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

फाल्गुन २४ गते (सोमबार)

दिउँसो : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्