समुदायमा पुर्‍याएको उच्च मुल्यांकन गर्दै नारी दिवसको अबसरमा सरु सुनार संम्मानित



१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा मन्जु श्री असहाय संरक्षण केन्द्रले दलित समुदायका पिछडिएका असहाय दुखी , गरिब र महिला बालबालिकाको क्षेत्रमा अहोरात्र खटी योगदान पुर्याएको सरु सुनारलाई संमान गरेको हो ।

सुनार लामो समय देखि जातीय छुवाछूत , विभेद र जातकै आधारमा हुने हत्या हिंसाको विरुद्ध न्यायको लागि खरो रूपमा उत्रेकी सामाजिक अभियान्ता तथा सन्चारकर्मी हुन् । 2019 मा अन्तरास्ट्रिय एनपिस अवार्ड बिजेता समेत हुन, प्रदेश सरकारले दलित समुदायको क्षेत्रमा पुर्याएको उच्च मुल्यांकन गर्दै प्रदेश १ सरकारले नगद रु. पच्चीस हजार सहित संमान पत्रले संमान गरेको थियोे ।

 

महिला माथी हुने हिंसाको सुरुवात घरबाटै हुने हुँदा आफू माथी हुने हिंसाको खुलेर बिरोध गर्नु पर्ने र घरको चारदिवारबाट बाहिर निस्कन सके मात्र महिलाका लागि अन्य अबसरको ढोका खुल्ने भन्दै संमान पछि सुनारले दिनहुुँ बलात्कार र हत्याका घटना बढदै जादा सरकारले बलात्कारीलाई कानुन संशोधन गरि , संविधान संशोधन गरि फासीको सजाय हुनु पर्ने माग गरेकी छिन् , बलात्कारी शिर ठाडो पारी यहि समाजमा घुम्न सक्ने निर्दोष नारी बलात्कार पछि आफ्नो अनुहार लुकाएर बस्नु पर्ने बिना अपराधको सजाय महिलाले भोग्नु परेको भन्दै अहिले पनि बलत्कृत नारीलाई समाजले हेर्ने दृष्टिकोण नबदलिएको भन्दै कानुनले कारवाही गर्न नसके बलात्कारीलाई अब नारी आफैले सजाय दिन तयार हुनु पर्ने समेत बताइन् ।

सुनार सहित विभिन्न क्षेत्रमा योगदान गर्ने समाज सेवी, महिला अधिकारकर्मी ६ जना संमानित भएका हुन् संमानित हुनेमा आभासा अभियानकी संयोजक नजबुल खान, समाजसेवी जानकी ब्रजचार्य ,जुनु पुन,सुनिता क्षेत्री देबिका बुढाथोकी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी अच्युत राज ज्ञवाली , आफन्त नेपालका डाइरेक्टर इन्द्रराज भट्टराई र सस्थाकी अध्यक्ष मन्जु खाडले फुलमाला , अवीर र समान पत्रले संमान गरेका हुन् । कार्यक्रम इन्द्रराज भट्टराई , अधिबक्ता इन्दिरा न्यौपाने , अधिबक्ता दिपक शर्मा लगाएतले मन्त्ब्य राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्