सामुदायिक रेडियो प्रसारक संघमा कांग्रेस र ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन



काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को चुनावमा केपी ओली पक्षीय नेकपा र नेपाली कांग्रेस आवद्ध सञ्चारकर्मीहरुबीच गठबन्धन बनेको छ ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले कांग्रेस लगायतका दलहरुसँग छलफल चलाइरहेका बेला अकोराबमा ओली–कांग्रेस गठबन्धन बनेको हो ।

देशभरका सामुदायिक रेडियोहरुको छाता संस्था अकोराबमा अहिलेसम्म साबिक एमाले आबद्ध व्यक्तिले नेतृत्व गर्दै आएकोमा पहिलोपटक कांग्रेस निकट प्रेस युनियनलाई अध्यक्ष दिने सहमति भएको छ ।

शनिवार साँझ भएको सहमति अनुसार युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिइने भएको छ । ओली–कांग्रेस पक्षीय गठबन्धनमा जसपा, नेकपा मसाल, राप्रपा लगायत साना दल आबद्ध सन्चारकर्मीहरु पनि सामेल भएका छन् ।

यो गठबन्धन बनेसँग अकोराबमा प्रचण्ड माधव पक्ष एक्लिएको छ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा समेत सहकार्य गर्ने गरी अकोराबमा गबठन्धन बनाइएको प्रेस युनियन र प्रेस संगठन आबद्ध नेताहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्