माओवादीहरु मिल्नु आजको आवश्यकता



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र केपी ओलीको सरकारबिच भएका ३ बुँदे सहमति समाज परिवर्तनका लागि नभई प्राविधिक मात्र छन् । भूमिगत भएको पार्टी सार्वजनिक हुनु, बन्दीहरू छुटाउनु र समझदारीमा अगाडी बढ्ने जस्ता कुरामा सहमतिले केपीले विप्लवका हतियार र जनसेना पनि खोजेनन् र विप्लवले पनि कुनै राजनैतिक माग राखेनन् । विप्लवका लागि प्रतिबन्ध अगाडिको दिन प्राप्त गर्नु सबै भन्दा ठूलो राजनैतिक उपलब्धि रहेको छ ।

वैज्ञानिक समाजवादी बाटो अवलम्वन गरेका विप्लवले एकीकृत जनक्रान्तिको कार्यनीतिक कार्यदिशा तय गरेका छन् । क.प्रचण्डको नेतृत्वमा अगाडि बढाइएको कार्यदिशा दक्षिणपन्थी संशोधनवादी मान्दै जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त गणतन्त्र नेपालको संवैधानिक उपलब्धिहरूलाई धोकाको संज्ञा दिएका थिए विप्लवले । के हामीहरूलाई विश्वास दिलाउन सफल होलान् क. विप्लव यो भन्दा अग्रगामी कार्यक्रम लिएर जनताबिच जाने र प्रचण्डलाई सराप्दै उनलाई सहयोग गर्न हिंड्ने गरी ?

त्यसका लागि समग्र आन्दोलन कै नेतृत्व हुनुको नाताले पनि आफूलाई रुपान्तरण गर्न आवश्यक पर्ने छ जो नेपाली राजनीतिको मुल र ऐतिहासिक आवश्यकता बनेको छ । ०६१ तिरबाट तीव्ररुपमा अगाडी बढेको महत्वाकांक्षा घुमफिर गर्दै रुम्जाटार आउन धेरै समय लागेन । विप्लवले हामीहरूलाई विश्वासमा सक्नु पर्छ । किन कि इतिहासमा हामीहरू सँगै जनयुद्धमा थियौं । र अब पनि समाजवाद उन्मुख जनताको जनवादमा एकताबद्ध भएर जानलाई कुनैपनि आग्रह र पूर्वाग्रह राख्नु हुँदैन ।

नेतृत्वले गरेका कमजोरीहरू सच्याउनु भनेकै समाजलाई सच्याउनु र बदल्नुसँग जोडिएको विषय हो । जो कुरा भौतिकवादीहरुका लागि आवश्यक सर्तभित्र पर्दछ । ३ दशकदेखि नेपाली राजनीति क.प्रचण्डकै नेतृत्वमा निर्देशित भएर आजको अवस्थामा आइपुगेको छ । यस घडीमा यस कुरालाई लत्याएर हिंड्ने ब्यक्ति वा समूह एकहदसम्मको अज्ञानी हुनेछ भन्दा फरक पर्दैन ।

२१ औं शताब्दीमा संसारभर प्रतिक्रान्ति रोक्न नसकिएला तर नेपालमा प्रतिगामी केपी सरकारलाई अपदस्त गरि नयाँ सरकार गठनका लागि क.प्रचण्डको नेतृत्वमा सफलता मिल्दैछ । धेरै ठूलो महत्वाकांक्षा नराखी मात्राबाट गुणमा पुग्ने द्धन्दात्मक भौतिकवादी दृष्टिकोण अंगाल्नु आजका हामी कम्यूनिष्टहरूको दायित्व बनेर आएको छ । जसलाई समग्र आन्दोलनको रुपमा नबुझी विघटनतिर उन्मुख विप्लव, वैद्य, बाबुराम लगायत सम्पूर्ण नेतृत्व तथा शक्तिहरू एकिकृत हुनु आजको आवश्यकता हो ।

भीमबहदुर वली, बबई-४ हापुरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्