त्रिशूली मा ट्रक खस्दा चालक र सहचालकको मृत्यु



काठमाडौं २५ फागुन, धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्