नेपाल प्रहरीमा १५ खेलाडीलाई रोजगारका लागि सिफारिस



काठमाडौं। नेपाल प्रहरीले विभिन्न खेलाडीलाई रोजगारका लागि सिफारिस गरेको छ। सिफारिस गरिएकामा १५ जना रहेका छन्। तर उनिहरु कुन खेलका खेलाडीहरु हुन भन्ने बारे अन्तिम नतिजामा स्पष्ट छैन।

उनिहरुलाई प्रहरी कार्यालय सहयोगीका रुपमा उल्लेख गरिएको छ। प्रहरी कार्यालय सहयोगीकै रुपमा माली, बगैचे, भान्छे,हजाम, सिलाई-बुनाई,कुचिकारको पनि नियुक्तिकालागि अन्तिम नतिजा प्रकाशित गरिएको छ।

नेपालमा खेलाडीहरुले विभिन्न विभागिय टिमकातर्फबाट खेल्न तथा रोजगारका अवसर पाउँदै आएका छन। यसरी खेलाडीहरुलाई विगतदेखिनै नेपाली सेना, नेपाल प्रहरीतथा शसस्त्र प्रहरी बलले रोजगार दिदैं आएको छ।

यस्ता खेलाडीहरुले आफ्नो विभागीय टिमका तर्फबाट खेल्नुका साथै राष्ट्रिय टिममा समेत समावेस भई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदै आएका छन्। यस्ता विभागीय टिमले यस्ता खेलाडीलाई खेलमै बढी संलग्न गराउने गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्