खुल्ला एञ्जल्स् हार्ट नेसनल स्कुल क्रिकेट लिग – २ संचालन हुदैं ,कस्तो छ पुरस्कार ? (भिडियाे सहित)



कमल बिक्रम जिसी , काठमाडौँ । एञ्जल्स् स्पोर्टस् एकेडेमी एण्ड रिक्रिएशन सेन्टर मनमैंजुमा खुल्ला अन्डर १३ जुनिएर क्रिकेट लिग -२ संचालन हुने भएको छ । आज पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम तालिका एञ्जल्स् स्पोर्ट्स एकेडेमीले सार्बजनिक गरेको हो ।

जुनियर क्रिकेट लिग -१ , १६ वर्ष उमेर समुह भन्दा तलका खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउनको लागि नेपालकै प्रथम प्रतियोगिता भएको एञ्जलमा दोश्रो जुनियर लिग हुन लागिरहेको प्रेस बिज्ञप्ति मार्फत व्याबस्थापक अध्यक्ष खिम थापाले बताए । प्रमुख प्रायोजक एन्जल्स् हार्ट नेसनल स्कुल रहेको कार्यक्रम यहि चैत २७ गते देखि संचालन हुने छ। प्रथम बिजेतालाई ३०,००० हजार , ट्रफी मेडल र प्रमाणपत्र , दोश्रो अर्थात् रनर अपलाई २० ,००० हजार , ट्रफी , मेडल र प्रमाणपत्र पाउने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्