‘कञ्चन’ ले बीस सेवन गर्नुको रहस्य, युटुबको ट्रेन्डिङ १ मा कञ्चन



दाङ । ‘कञ्चन’ नाम सुन्दा केहो! जस्तो लाग्ला । यो एउटा ‘एक अधुरो प्रेम कथा हो’ । माया गर्ने मनहरुका लागि अधुरो प्रेम, बीष सरह नै हो ।

यस्तै यस्तै पिडाबाट श्रृजित ‘कञ्चन, एक अधुरो प्रेम कथा’ म्युजिक भिडियो युटुबको ट्रेन्डिङ्ग एकमा पर्न सफल भएको छ । सत्य घटनालाई लक्षित गरि निर्माण गरिएको ‘कञ्चन’ भिडियो लाई दर्शकले अत्यधिक माया गरेका छन् । भिडियो हालेको २ दिनमै ‘कञ्चन’ गितले १० लाख दर्शकको माया पाउनु चानचुने होईन । चितवनका कन्चन तिमिल्सिनाले प्रेमकै लागि आफ्नो जीवन दानमा दिए । उनको मृत्यु पश्चात् MechiKali Khabar युटुब च्यानेलले मृत्यु कसरी र किन भयो भनेर खोज शुरु गर्यो । त्यस पश्चात् थाहा भयो त्यो मृत्यु प्रेममै आधारित रहेछ । अन्तरबार्ता लिँदै गर्दा ‘मेचिकाली खबर’ का सञ्चालक भोजराज थापा आफै भक्कानिए । उनमा यो प्रेम कथा जिवित बनाउनु पर्छ भन्ने जोस जाग्यो । अनि आफ्नै च्यानेल मार्फत ‘कञ्चन, एक अधुरो प्रेम कथा’ नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।

जुन भिडियो अहिले युटुबको ट्रेण्डिङ १ मा परेको छ भने १० लाख बढीले हेरीसकेका छन् ।

 

कसरी भयो कञ्चनको हत्या??

भिडियोमा कन्चनले अनिता संग प्रेम बिबाह गरेका हुन्छन । उनीहरु एक अर्का बिना बाच्न नसक्ने अबस्थामा हुन्छन । अनिताको माइतीले कञ्चन लाई स्विकार्ने भन्दै अनेक बहानामा घरमै बोलाउँछन । कञ्चन सोझो मान्छे, बिस्वास लिएर घरमै पुग्छन । तर कञ्चनलाई के थाहा? ससुराले जेलमा पठाउछन भन्ने!!

ससुराल बाट घर जानको लागि बाटोमा आए लगत्तै कञ्चनलाई प्रहरीले गिरफ्तार गर्छ । रुँदै कराँउदै जेल जान सिबाय उनको केही चल्दैन । उनीमाथी बालबिबाहको मुद्दा लगाईएको हुन्छ । अर्कोदिन अनिता बुवा सँग आफै जेल पुग्छिन । उनलाई देख्दा कञ्चन खुसीले गदगद हुन्छन, किनकि जीवन बिताउने श्रीमती हो, उसले त मलाई जेल मुक्त गर्न सक्छ भनेर । तर, कञ्चनको खुसी क्षेणभरमै बिलिन हुन्छ, जवकि अनिताले ‘कञ्चनलाई चिन्दिन’ भन्दा । कञ्चन एकोहोरो हुन्छन । प्रेममा अबिस्वासको कुरा सुन्दा अचम्म लाग्नु स्वभाबिक हो ।
आफ्नै जीवन सँगिनिबाट ‘चिन्दिन’ भन्ने शब्द सुन्नु पर्ने कञ्चन अभागी त अबस्य नै हुन । यही कुरा सही नसक्नु भएर नै उनले बीस सेवन गरेका हुन । उनलाई बचाउन अनेक प्रयास गरिन्छ । तर, ‘कञ्चन’ ले आबस्यक्ता भन्दा बढी बीस सेवन गरिसकेका हुन्छन । यसरी नै कञ्चनको उपचारकै क्रममा अस्पतालमै मृत्यु हुन्छ ।

अनिताले जेलमा कञ्चन मेरो श्रिमाण भन्देको भएपनि कञ्चनको मृत्यु निश्चित थियो । किनकी उनको बुवाले कञ्चनलाई आर्यघाटमा पुर्याउने षड्येन्त्र गरिरहेका थिए । माईति पक्ष्यबाटै उनलाई आर्यघाटमा पुर्याईन्थ्यो । कञ्चनलाई जोगाउन कै लागि अनिताले चिन्दिन भनेका हुन । किनकि जेल बाहिर आएर कञ्चनले बीस सेवन गर्छन भनेर उनले सोचेकै थिएनन् । तर कञ्चनले असह्य भएर बीस सेवन गरि मृत्यु रोजे ।

अनिताले आफ्नो गल्तीको महसुस दिलाउन अनेक प्रयास गर्छिन । तर कञ्चन अनिताको लागि ज्यान सुम्पिएर स्वर्गबास भईसकेका हुन्छन् । भिडियोमा ‘कञ्चन’ को अभिनय गर्ने बिजय पुन हुन भने ‘अनिता’ को अभिनय गर्ने गिता ढुङ्गाना हुन ।
यस भिडियोमा प्रताप दास, प्रबिशा अधिकारी र लक्ष्मी खड्काको स्वर छ भने ऋषि खड्काको सँगित रहेको छ ।

बाँसुरीमा रत्न बिक, मादलमा खड्क बुढा, सारँगीमा हेमन्त कान्छा रसाँईलीले योगदान दिएको ‘कञ्चन, एक अँधुरो प्रेम कथा’ ले अहिले तमाम दर्शकको मन जित्न सफल भएको छ । जुन भिडियो मेचिकाली खबर युटुब च्यानेलले सार्बजनिक गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्