विश्वकप २०१८ को छनौट अन्तर्गत खेलमा इङ्ग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकिएयो



जेठ,२८

engg
विश्वकप २०१८ को छनौट अन्तर्गतको गएराती भएको खेलमा इङ्ग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्ड स्कटल्याण्डसँग २–२ गोलको बराबरीमा रोकिएको हो । तर बराबरीपछि ६ खेलबाट १४ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको स्लोभाकियाले पनि गएराती नै भएको खेलमा लिथुवानियालाई २–१ गोल अन्तरले हराएको छ । स्लोभाकियाको ६ खेलबाट १२ अंक भएको छ । यस्तै समूह ‘एफ’ अन्तर्गतको गएराती नै भएको अर्को खेलमा स्लोभेनियाले माल्टालाई २–० ले पराजित गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्