वैदेशिक रोजगारीमा गएका नेपालीका एकैदिन आए १७ शव, मलेसियाबाट मात्रै १२



देशिक रोजगारीका क्रममा  विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये  आइतवार बिहान विभिन्न समयमा १७ वटा शब नेपाल आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।आइतवार बिहान मलेसियाबाट मात्रै १२ जनाको नेपाल शव आइपुगेको छ । विमानस्थल स्रोतका अनुसार, कतारबाट २, टर्कीबाट ३ , मलेसियाबाट १२,  जनाको शब आइपुगेको छ । यसअघि माघ ९ गते एकै पटक मलेसियाबाट रोजगारीमा गएका १७ नेपालीको शव नेपाल ल्याइएको थियो ।

विमानस्थलमा आइपुगेका शवहरूमध्ये केही गोरखा जिल्लाको पनि रहेको थियो ।  गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवर, गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विकको, पनि शव आएको थियो । शब बुझ्न उनीहरूको आफन्तसँगै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुगेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्