नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा, कारोबार रकम ९ अर्ब माथि



काठमाडौं । आइतवार नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु कायम गरेको छ। यसदिन परिसूचक शून्य दशमलव ९८ प्रतिशत बढेर २ हजार ६५७ दशमलव ६१ विन्दुमा पुगेको हो। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २५ दशमलव ७१ अंकले बढेको हो। यसअघि गत फागुन ९ गते नेप्से परिसूचक २ हजार ६४० दशमलव ३४ विन्दुमा पुगेको थियो। उक्त दिनको उच्च विन्दुलाई आइतवार नेप्सेले पार गरेको हो।

उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९३ अंक बढेर ४७० दशमलव ७५ विन्दुमा पुगेको छ।विगतका दिनमा १० अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेमा पछिल्लो केहि समय कारोबार रकममा कमि आएको थियो। नेप्सेमा गत माघ माघ २६ गते हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको हो।

आइतवार २४ कारोबार दिनपछि नेप्सेमा ९ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो। आइतबार २१२ ओटा कम्पनीको ९ अर्ब ६८ लाख ५८ हजार बराबरको १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता शेयर कारोबार भएको हो।द यसअघि गत फागुन ४ गते १० अर्ब ३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो। चैत २४ गतेदेखि पछिल्लो समय कारोबार रकम पनि बढ्दै गएको देखिन्छ।

आइतवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ। उक्त कम्पनीको ४६ करोड ८१ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य भने २ दशमलव ३५ प्रतिशत घटेको छ। यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १४ रुपैयाँले घटेर अन्तिम मूल्य ५८१ रुपैयाँ कायम भएको हो।

धितोपत्र दोस्रो बजारमा सर्वाधिक कित्ता शेयर सूचीकृत रहेको उक्त कम्पनीको शेयर बढेको बजारमा विक्री गर्नेहरु हाबी हुँदा मूल्यमा असर परेको देखिन्छ। आइतवार निर्जिवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४१ प्रतिशत बढेको छ भने व्यापारिक समूहको सर्वाधिक ४ दशमलव ३९ प्रतिशत घटेको छ।

व्यापारिक समूहसँगै यो दिन लगानी समूहको २ दशमलव ३५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ८६ प्रतिशत परिसूचक घटेको छ। यो दिन निर्जीवन बीमा समूहसँगै अन्य समूहको ३ दशमलव ४१ प्रतिशत, वित्त समूहको ३ दशमलव ६६ प्रतिशत, जलविद्युतको १ दशमलव ५ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ८१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८९ प्रतिशत परिसूचक बढेको छ।

नेप्सेले ऐतिहासिक विन्दु कायम गरेको दिन सात ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ भने तीन कम्पनीको शयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ। आइतबार साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य ४ दशमलव ६३ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ४ दशमलव १३ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको शेयरमूल्य ४ दशमलव शून्य ५ प्रतिशत घटेको छ।

त्यस्तै वोमी लघुवित्त र जनरल इन्स्योरेन्सको ९ दशमलव ९९ प्रतिशत, राधी विद्युतको ९ दशमलव ९८ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९३ प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीको ९ दशमलव ८७ प्रतिशत शेयरमूल्य बढेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्