बलात्कारपछि १९ वर्षीया किशोरीको टाउको काटियो,



एजेन्सी – काजाखस्तानमा एक किशोरीको बलात्कारपछि विभत्स हत्या गरिएको छ। हत्याको प्रकृति हेर्दा शरिर नै सिरिङ्ग हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। हत्या हुनेमा १९ वर्षीया विद्यार्थी अयजान एडिलोभा रहेकी छिन्।

हत्याबारे किशोरीका भाइले जानकारी दिएका हुन्। ‘हत्याराले मेरो दिदिको हत्या गरेर र उनको शरीर टुक्रटुक्रा बनाउन २४ घण्टा त्यहीँ बिताएको पाइएको छ,’ स्थानीय सञ्चारमाध्यममा किशोरीका भाइ अल्माट मुलिकोभले भने।

‘उ(हत्यारा)ले उनको सबै दाँतहरु, नङ निकालेर छुट्टै झोलामा हालेको थियो,’ उनले भावुक हुँदै भने, ‘उनको टाउको काटिएको छ र पानीमा उमालिएको छ।’

अनुसन्धानमा जुटेको प्रहरीले ती किशोरी र हत्याराको भेट उनी बेपत्ता हुनुभन्दा केही समयअघि सामाजिक सञ्जालमा भएको पत्ता लगाएको छ। घटनाका आरोपीलाई पक्राउ गरिएको छ। हत्या आराेपी अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्थे। ती किशोरी बेपत्ता भएको रिपोर्टपछि खोजी गर्ने क्रममा उनको हातखुट्टा काटिएको शव यी आरोपीको घरमा फेला परेको थियो।

म्यासेजमा आरोपीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन बोलाएका थिए। अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन्। आर्च १९ कै दिन उनी बेपत्ता भएकी थिइन्। तीयुवकले किशाेरीकाे बलात्कार गरेपछि हत्या गरेका थिए। सिसिटिभी फुटेजमा अयजान र आरोपी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ। आरोपीको घरमा पुलिस पुग्दा आरोपीले ढोका नखोलेपछि पुलिसले ढोका फुटाउनुपरेको थियो।

रिपोर्टका अनुसार पुलिस देखेपछि आरोपीले आफ्नै घाँटी काटेका थिए। मेडिकल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ। सोधपुछका क्रममा आरोपीले शव टुक्रा टुक्रा पारेर शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फाल्दै अपराध लुकाउने प्रयास गरेको स्वीकार गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्