आजदेखि आईपीएल सुरू : पहिलो खेलमा कुन-कुन भिड्दै छन् ?



काठमाडौं। आजदेखि आईपीएलको १४औँ संस्करण सुरू हुँदैछ। यो पटक उद्घाटन म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र गत सिजनको विजेता मुम्बई इण्डियन्स खेल्ने छन्।

हालसम्म मुम्बईले पाँच पटक उपाधि जितेको छ। आरसीबीले भने एक पटक पनि उपाधि हात पार्न सकेको छैन। आरसीबी हालसम्म तीन पटक फाइनलमा पुगेको छ। टिममा कयौँ स्टार क्रिकेटर जोडिए पनि आरसीबीले उपाधि भने हात पार्न सकेको छैन। यो पटक पनि आरसीबीमा केही चर्चित क्रिकेटर जोडिएका छन्। ग्लेन म्याक्सेवल, काइल जेमिसन, डानियल क्रिस्टियन लगायतलाई आरसीबीले महँगो मूल्यमा टिममा अनुबन्ध गरेको छ।

मुम्बईले यो पटक अक्सनबाट पियूष चावला, जिमी नीशम, एडम मिल्नेलगायतलाई अनुबन्ध गरेको थियो। आरसीबी र मुम्बईबीचको पहिलो म्याच शुक्रबार नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्