प्रेस प्रतिनिधि प्रमाण -पत्र वितरण घुम्तीशिविर सञ्चालन



उत्तम कुमार थापा बझाङ सुदुरपश्चिमकाे विकट पहाडी जिल्ला बझाङमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर सञ्चालन भएको छ । विगत लामाे समय पछि नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयकाे अायाेजनामा अाज बाट घुम्ती शिविर सञ्चालन गरिएको हाे । जिल्ला प्रशासन कार्यालय बझाङकाे सभाहलमा एक कार्यक्रम गर्दै यहि २८ र २९ गते गरि दुई दिने शिविर सञ्चालन गरिएकाे छ । दुर्गम जिल्ला बाट काम गरिरहेका पत्रकारहरुकाे सहुलियतका लागि मन्त्रालय बाट टाेली जिल्लामा पुगेकाे थियाे । प्रशासन कार्यालयमा सञ्चालन भएको शिविरमा जिल्ला अाबद्व सबै मिडिया कर्मिहरुलाई एफएम रेडियो पत्रपत्रिका अनलाइनकाे प्रमाणपत्र मिलायर नेपाल सरकारकाे राताेकाड लिन अनुराेध गरिएकाे छ । अाज पहिलाे दिन थाहा अनलाइन काठमाडौमा र रेडियो जनमुखी एफएममा कार्यरत पत्रकार उत्तम कुमार थापाले पहिलाे प्रेस प्रतिनिधि राताे काड पाउनुभएकाे छ । पत्रकार उत्तम कुमार थापालाई थाहा अनलाइन मिडियाले सहयाेग गरेको हाे । जिल्लामा घुम्ती शिविर बाट राताेकाड पाउनेमा पहिलाे पत्रकार उत्तमकुमार थापा पर्दछन भने अरु पत्रकारले भाेली पाउने छन । अाज एक कार्यक्रमका विच प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्तीशिविर कार्यक्रममा पत्रकार महासँघ जिल्ला अध्यक्ष शैलेन्द्र राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी बिशिस्ट अतिथि सुचना तथा प्रसारण विभाग सुमन बर्जाचार्य अतिथि अकाेरावका सुदुरपश्चिम अध्यक्ष जगत खड्का रहनुभएकाे थियाे । कार्यक्रममा जिल्लामा अाबव्द पत्रकार सञ्चारक्रमिहरुलाई ३ दिने क्षेमता अभिवृद्धि तालिम पनि सञ्चालन गरिएको छ । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासँघका जिल्ला सचिव ललित बहादुर सिहले सञ्चालन गर्नुभएको थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्