धरानमा दोस्रो खोप लगाएका चिकित्सकमा पनि कोरोना संक्रमण



काठमाडाैं । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई दुईपटक कोरोना खोप लगाएको भए पनि संक्रमण देखिएको छ। खोपको डोज पूरा गरेको भए पनि डा. गौरीशंकर साहलाई कोरोना देखिएको हो।

उनले भारत सरकारले दिएको कोभिशिल्ड खोप लगाएका थिए। दुईवटा डोज पूरा गरेका नेपालीमध्ये कोरोना संक्रमण देखिएका उनी पहिलो हुन सक्ने बताइएको छ। उनले चैत १७मा दोस्रो डोज खोप लगाएका थिए। उनको परिवारमा कोरोना संक्रमित भएकाले हुनाले त्यहीँबाट नै सरेको हुन सक्ने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्