स्थानीय र परिवार भन्छन् सानो जात भएकै कारण बिकलाई हत्या गरे



यादव सैघाली थाहा अनलाइन , झापा , गत २३ गते झापा , सुरुङ्गा ,टेक्रामा सामान्य विवादमा ५७ बर्षका बलबहादुर बिकको आफ्नै छिमेकी मोहन घिमिरेको कुटपिटको कारण २६ गते उपचारको क्रममा मृत्यु भयो ।

कुटपिट भयो ३ दिनसम्म घटना बाहिर आएन मृत्यु पछि घटना बाहिरियो ।
घटना घटनुको कारण के थियो ?
वल्लोपल्लो घरका बलबहादुर बिक र मोहन घिमिरे छिमेकी थिए खासै पुरानो दुश्मनी केही थिएन , संगै मदिरापान गर्ने गर्थे । कुटपिट भएको दिन पनि दुबैजना रक्सी खाएर आएको र बाटोमा आउदा आउदै झगडा भएको र झगडाको निहुमा घिमिरेले कुनै धारिलो बस्तुले बिक माथी निर्मम कुटपिट गरि अर्घचेत भए पछि , नजिकको बिकको छोरा नाता पर्नेलाई दुई र झापड लगाइदिएको मैले सुतिरहेको छ उठाएर घर लैजानु भनेको ।
घरबाट आफ्नो छोरी र नातीले उठाएर घरमा ल्याएको मृतककी छोरी बताउछिन् ।
दलित र गरिब भएकै कारण बुवाको हत्या भयो मृतकको छोरा र छोरी
मृतकको छोरा भन्छन् हामी २ दाजुभाइ नै टेक्टर चलाउने सुरुङ्गा बस्छौं , घिमिरेले बेला बेलामा दलित भन्दै सानो जात भन्दै हेप्ने गर्थ्यो । यी दलितलाई यिनिहरुको कोहि छैन जे गरेनी हुन्छ बोल्दिने कोही छैन भनेर नै हेपेको हो । छोरी भन्छिन , कामी भन्दै हामीलाई होच्याउने विभेद गरिरहन्थे घरमा आएर नै थर्काउथे ।
मृतककी श्रीमती भन्छिन् ।
आजभन्दा तीन बर्ष अगाडि पनि घिमिरेले मलाई बाटोमा बाधेर , गोबर खुवाइदिएका थिए त दलित धेरै मुख लाउछेस् भन्दै मलाई यस्तो गर्यो हामी गरिब , दलित त मुख खोल्न पनि नहुदोरहेछ ।मैले त्यतिबेला नि कुनै न्याय पाइन् । अहिले मेरो श्रीमानलाई मारेर छोड्यो ।

स्थानीय दलित समुदायको एउटै आवज भन्छन जातीय विभेद चरम छ , दलित भनी हेपेर मारेको हो।
स्थानीय दलित समुदायहरु भने यो घटना जातकै कारण भएको हो भन्छन् ।अहिलेसम्म उपल्लो जाती घिमिरेहरुले हामीलाई मेलापात , बिहे भोज केहिमा पनि बोलाउदैनन , अहिले पनि धारा पधेरा , सार्वजनिक ठाउँमा चरम जातीय बिभेद छ ।
गैरदलितहरु भन्छन् विभेद छैन ।
स्थानीय केही महिलाहरुले भने जातीय विभेद नभएको बताउछन् ।जातको कारण नभई मदिराको कारण बिबादमा भएको घटना बताउछन ।
घटनालाई जातीय रुप नदिइ निस्पक्ष छानबिन हुनुपर्छ र दोषीले सजाय पाउनुपर्छ भन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्