नायिका ऋचा शर्मा आमा बन्दै



वैशाख १,  काठमाडौं । नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । उनले फेसबुकमार्फत आफू गर्भवती बनेको जानकारी गराएकी हुन् । श्रीमानसँग विरुवामा पानी हालिरहेको तस्वीरसहित ऋचाले भावनात्मक पोस्ट गरेकी छन् । आफ्नो गर्भमा एउटा जीवन हुर्किरहेको र आफ्नो धड्कनभन्दा अरुको धड्कन प्यारो आभास भइरहेको उनको भनाइ छ ।

नयाँ जीवनको स्वागत गर्दै घरको दैलोमा आफू र श्रीमानले सजीवनको रुख रोपेको उनले बताएकी छन् । ऋचाले २०७६ सालको ११ मंसिरमा दिपेक्ष विक्रम राणासँग विहे गरेकी थिइन् । उनी अहिले टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनमा ‘निर्णायक’ को भूमिका निभाइरहेकी छन् ।‘एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्ना भावनाहरु पोख्न सकिरहेको छैन । तपाइींहरुमाझ यो खुशी बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको छ,’ उनल लेखेकी छन् ।

स्टाटस यस्तो छः

आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउँछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भइरहेको छ। आज तपाईंहरुमाझ यो खुशी बाँड्न पाउदा सम्पूर्ण महसुश भइरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौं। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधैं बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठुली भई।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्