सरकारले देशभर भर्ना अभियान सञ्चालन आगामी असारबाट गर्ने



वैशाख १, काठमाडौं । सरकारले असारबाट देशभर भर्ना अभियान सञ्चालन गर्ने भएको छ।कोरोनाका कारण २०७७ सालको शैक्षिकसत्र जेठ मसान्तसम्म लम्ब्याइएकाले असारबाट भर्ना अभियान सञ्चालन गर्ने शिक्षा विज्ञान,तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। सरकारले आगामी असारबाट देशभर भर्ना अभियान सञ्चालन गर्ने भएको छ। उनले कोभिड-१९ले शैक्षिक क्षेत्रमा असर पुर्‍याएको बताउँदै भने,‘वैशाखबाट भर्ना अभियान सञ्चालन हुँदैन,शैक्षिकसत्र जेठ मसान्त सम्म लम्ब्याइएकाले सरकारले असारबाट भर्ना अभियान सञ्चालन गर्नेछ।’

२०७४ सालको रारा महोत्सवका बेला वैशाख २ गते प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नीले मुगुको विकट गाउँका दुई बालिकाको अभिभावकत्व ग्रहण पनि गरेका थिए। सरकारले २०७५ वैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ सञ्चा‍लन गर्ने घोषणा गरेसँगै हरेक वर्षको वैशाख २ गते देशभर भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्