कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु



रुपन्देही । बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ । ५ दिनअघि भर्ना भएका पर्वतका एक पुरुषको बुधबार साँझ मृत्यु भएको हो । भारतबाट फर्केलगत्तै स्वास्थ्यमा खराबी आएका पर्वत पयुँ ५ का ३८ वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए ।

उनलाई विगत १० दिनदेखि उच्च ज्वरो आएको थियो । ५ दिनअघि स्वाव परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । रुपन्देहीमा आज नयाँ ४८ कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्