हामी कहिलेसम्म दर्शक बन्ने ?



भीमबहादुर वली । नेपालको राजनीति गठन र विघटनको गोलचक्करमा छ । लामो समयदेखि यही गोलचकरका दर्शक हामी कति समयका लागि दर्शक बन्ने हौं ? नेपालमा राजनीतिक स्थिरता कायम गर्न नसक्नुका पछाडी हाम्रो असक्षमता हो की बाह्य शक्तिको चलखेल र हस्तक्षेप ? प्रधान विषय कुन होला ?

यी यस्ता ज्लन्त प्रश्नहरु यतिबेला धेरैका मनमा खोलिरहेका छन् । आत्मनिर्भर राजनीति बिना आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न संसार भरका देशहरुले सकेनन् र हामीबाट पनि त्यस्तो चमत्कार सम्भव छैन तर आत्मनिर्भर अर्थतन्त्र भएका देशहरु अमेरिका, जापान, चीन, रुस, बृटेन लगायत दर्जनौंले राजनैतिक स्थायित्व दिइरहेका छन् । देश आत्मनिर्भर राजनीतितिर जाँदा जनताको जिवनस्तर उठाउन सक्ने अवस्थामा हामी हुन्छौं तर परनिर्भरतातिर हाम्रो बाटो भएकै कारण आज जनताको अभिमत पनि परनिर्भर भएको कुरा हाम्रो राजनैतिक संस्कार र वर्तमान सरकार हाम्रा ज्वलन्त उदाहरण हुन् ।

अर्को कुरा निर्वाचनको समयमा लामो लगानी र समर्पित कार्यक्रताहरू आफै निर्वाचन जित्न नसक्ने ठानेर आफै संसदीय पद्धतिमा पैसा भएको र आफू भन्दा कनिष्ट उमेदवार खोज्नु जसलाई राजनैतिक निकास ठान्दा सत्तामा पुगेपछि वरिष्ठलाई नटेर्नुले, अन्ततः जितेको निर्वाचन पनि दलालहरूकै हातमा, आजसम्मको गोलचक्करबाट मुक्त हुन सकिएन । यो गोलचक्करबाट माथी उक्लन नसक्नुमा वैदेशिक दलालहरूको हस्तक्षेप, नेतृत्वमा आत्मनिर्भर अर्थतन्त्रको अभाव र सचेत तथा संगठित जनताको अभावकै कारण हाम्रो आजको हालत हो ।

हामी सधै खाएरै बाँचेका छौं तर निर्वाचनका समयमा कसैले खुवाउनु र वर्षौंको मेहनत गुमाउनुका पछाडी एउटा पशुको ब्यवहार भन्दा कसरी फरक भन्ने ? लामो राजनीतिक यात्रा, सामाजिक जीवन र जीवन जिउनलाई खाना नीयमित कर्महरू छन, एकदिन नखाएर कुनै प्राणी मर्दैन, बल्छीको चारोले माछाको जीवन समाप्त भएको भन्दा फरक हामी मानव भनिनेहरुको जीवन कसरी रह्यो त ? वितृष्णा पैदा गरेरै, मानवले मानवलाई चुनावमा पशु खरिद बिक्रीको स्तरमा हामी नेपालीहरु छौं । के छ हाम्रो स्वाभिमान र हुन्छ कसरी जनताको जीवनस्तर सुधार ? पशुको जीवनस्तर सुधार कतै भएको छ भने उसलाई मालिकले बलि चढाउनका लागि मात्र हो र त्यो पनि क्षणिक ।

सारमा हामी कोही अग्रगमनका अभियन्ताहरू हौं भने सामूहिक जीवन र सामूहिक आत्मनिर्भर अर्थतन्त्रको निर्माण साथै आफ्नो समुदाय अनि वर्ग प्रति इमान्दार हुनुपर्दछ, जो समाज विज्ञानको नियम हो । त्यो भन्दा बाहिर गएर सामाजिक नियम खोज्नु हुँदैन । आज सम्मको हाम्रो ऐतिहासिक निरन्तरतामा क्रमभंग गरेर मात्र हाम्रो पींढिले राजनीति र अर्थनीतिमा सफलता प्राप्त गर्न सक्नेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्