ब्रजिलमा कोरोना भाइरस महामारीबाटै १,३०० भन्दा बढी शिशुको मृत्यु



वैशाख ४ , एजेन्सी ।  ब्रजिलमा कोरोना भाइरसबाटै १,३०० भन्दा बढी शिशुको ज्यान गइसकेको जनाइएको छ । ब्रजिलमा कोरोना भाइरस महामारीका कारण हुने मृत्युदर उच्च तहमा पुगेको छ । एक बीबीसीका अनुसार चिकित्सकले जेसिका रिकार्टेको एक वर्षीय छोराको कोभिड परीक्षण गर्न अस्वीकार गरे।

ती चिकित्सकले उनका छोरामा देखिएका लक्षणहरू कोरोनाभाइरससँग नमिल्ने बताएका थिए। तर दुई महिनापछि ती बालकको सोही रोगका कारण निधन भएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्