रेडक्रस उपशाखा उदघाटन समारोहमा सिरहाका नवनिर्वाचित पदाधिकारीहरुलाई संमान



लहान  नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय कर्जन्हा -७सिरहाको उदघाट्न समारोह तथा बृहत् रक्तदान कार्यक्रममा पत्रकार महासंघ सिरहा शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका छन् । कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमान र नेपाल रेडक्रस सोसाइटी उपशाखा कर्जन्हाका सभापति सरोज कुमार पासमानले शनिबार उपशाखा उदघाट्न समारोहमा पत्रकार महासंघ सिरहाका नवनिर्वाचित पदाधिकारीहरुलाई अबिर , माला र गम्छा लगाइ सम्मान गरेका हुन। कार्यक्रम मा नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज कु बनैता यादव , निवर्तमान अध्यक्ष दिनेश्वर प्र. गुप्ता, उपाध्यक्ष गणेश साह, सचिव शिवदयाल यादव , सह सचिव राजेन्द्र महतो लगायतका पदाधिकारीहरुलाई सम्मान गरेका छ्न।

 

उद्घाटन समारोहमा नेपाल नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैता यादव ले रेडक्रसलाई दिनुपर्ने साथ र सहयोग सदैब हाम्रो तर्फबाट अग्रणिय रुपमा रहने प्रतिबद्धता जनाउदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्र.यादव, कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जगदिश मण्डल, नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका कार्यक्रम संयोजक अशोक कु. यादव , कर्जन्हा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष भुषन खाती, वडा नं. ७ का वडा अध्यक्ष जयकिशोर साह, वडा नं. ८ का वडा अध्यक्ष प्रकाश अधिकारी, वडा नं. ९ का वडा अध्यक्ष बहादुर महरा, वडा नं. ११ का वडा अध्यक्ष कपिल यादव, कार्यपालिका सदस्य रामचन्द्र साह, गुब्दी देवी पासमान, कर्जन्हा नगरपालिकाका पदाधिकारी लगायत स्थानीयहरुको सहभागिता रहेका थिए । उद्घाटन समारोह संगै रेड्क्रसले वृहत रक्तदान कार्यक्रमको आयोजना समेत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्