एमसीसी सम्झौता खारेज नै किन गर्ने ?



नारायण शर्मा । नेपाल र नेपालीका शासन सत्ता संचालानाङ्गहरु–सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियरहरु हो सोंच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् । गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् । कतैबाट कसैद्वारा कागले कान लग्यो भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔं । अन्यथा पछि परिणाममा पूरै पछुताउनु पर्ने छ । यथार्थमा यहाँहरुले अहिले पारित गर्ने प्रयास–दुस्प्रयास गरिरहनु भएको अमेरिकी अर्धसरकारी व्यापारिक कम्पनी एमसीसीसँगको सम्झौता सार र समग्रमा यस्तो पो छ है :

१.यसको प्रायोजकका नीति, नेता, नियत र नियती नै बेठिक छन् ।
२.वैचारिक, राजनीतिक, संवैधानिक, कूटनीतिक, आर्थिक, सामरिक र ऐतिहासिक आदि धेरै दृष्टिले बेठिक छ ।
३.यो अनुदान हो कि, ऋण हो कि, लगानी हो कि, साझेदारी हो कि, बन्धकी हो कि आफैमा अस्पष्ट, गाँजेमाजे र विवादास्पद छ ।
४.हाम्रो राष्ट्रिय अस्तित्व, स्वत्व, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानका साथै शान्ति र समृद्धिलाई समेत कोल्याप्स पार्ने दुर्भावनायुक्त नै छ ।
५.यसको परिकल्पना, प्रस्थापना, प्रावधान, प्रयोग र परिणाम पनि प्रिय, पाच्य, परोपकारी, परम्परागत र परिवर्तनीय पनि छँदैछैन ।
६.यो शोषक, उत्पीडक, शासक र घातक आयोजना हो ।
७.यो नेपाल र नेपालीको मात्र होइन विश्वक्रान्ति, विश्वशान्तिघाति, विश्वमुक्ति र विश्व प्रगतिघातिका साथै सोझै हाम्रो मित्रराष्ट्रघाति समेत छ ।
८.यो आइपिएसको अङ्ग हो, सैनिक गठबन्धन हो, २१औं शताब्दीको नयाँ रुपरङ्ग र भावभङ्गिमामा आएको नाटो हो, अमेरिकी सैनिक योजनाको पूर्वाधार हो, यो इष्ट इन्डिया कम्पनी पनि हो र सीधै बीआरआई विरुद्ध समेत घोषित रुपमै परिलक्षित छ ।
९.यो झुट, कुट, फुट, लुट र भुटको लक्ष,उद्देश्य केन्द्रित छ ।
१०. यो हेपाहा,मिचाहा, हुकुम,हैकमवादी, हस्तक्षेपकारी र हैरान, परेसानकारी छ ।
११. यो तपाईं शासकहरुभन्दा माथी, हामी जनताभन्दा माथी, संविधानभन्दा माथि र तपाईं, हाम्रो सोंच, शक्ति, बुद्धि र कल्पना भन्दा माथी र विपरीत समेत छ ।
१२. यसै भएर त यस्लाई मात्रै सदनबाटै पासै गर्नैपर्ने, आउट डेटेड भैसक्दा पनि यो कथित सहयोग दिनै,लिनै पर्ने, लिनेलाई भन्दा दिनेलाई हतारो र चटारो हुने, पारित भएपछि कार्यान्वयन हुनुपर्नेमा पारित नहुँदै कार्यान्वयन गर्नु,गराउनु पर्ने भनिएको छ ।
१३. त्यसैले स्पष्ट होऔं कि यो एमसीसीसँगको नेपालले गरेको भनिएको सम्झौता अश्वभाविक, असंवैधानिक, आश्चर्यजनक, रहस्यमय, षड्यन्त्रपूर्ण र अमृतको लेपन लगाइएको विष भरिएको भष्मासुरे चरम राष्ट्रघाती आयोजना नै हो ।
१४. ल भन्नुहोस् त, यस्तो सर्वघाती एमसीसी परियोजना किन स्वीकार गर्ने र किन खारेज नगर्ने ? के बौलाहा कुकुरले टोकेको हो र ?

होइन भने त यो एमसीसी सम्झौता संशोधन, सम्बोधन, संकल्प र स्वीकार्ने होइन कि अविलम्ब खारेज नै गरिनुपर्छ ।
यदी यो वास्तविकता बुझ्न र साहस गर्न हाम्रो शासन सत्ता संचालनाङ्गहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियर र सदस्यहरुले नसक्ने अर्थात् आफ्नो बुद्धि, विवेक र बलबुताको प्रयोग गर्नेतर्फ केही नसोंच्ने र नगर्ने तर खाली दलाली, चाकरी, चाप्लुसी र हजुरी गरेर हसुरी मात्रै रहने हो भने हामी सार्वभौम र शक्तिशाली समुदाय र समाजले सचेत, संवेदनशील, सुसंगठित, एकताबद्ध, गम्भीर र जिम्मेवार भएर सोंच्ने, घोंच्ने, झोंस्ने र ठोस्ने गरेर खारेज नै गर्नु, गराउनुको विकल्प छैन । चेतना र साहस भया ।

लेखकः एमसीसी खारेज अभियानका संयोजक हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्