त्रिकोणात्मक टी–२० क्रिकेटमा मलेसियाले दिए नेपाललाई ११० रनको लक्ष्य



वैशाख ६ , काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो । मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । उनले २४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शार्भिन निएन्डीले १५ बल खेल्दै १ छक्का मद्दतमा २० रन जोडे । शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १ विकेट लिए । दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

नेपालले टस जितेर बलिङ रोजेपछि अहिले मलेसियाले पहिले ब्याटिङ गरेको थियो । मलेसियाले नेपाललाई जितका लागि ११० रनको लक्ष्य दिएको छ । मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको हो । अन्तिम विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्