कविता : श्री छ महाराजको गाथा



एक् दिन् नारद पृथ्वीलोक् आउँदा भए बकेर्नो गाईकै दूध खान भनि।
बकेर्नो गाईको दूध खादा भए अर्काकै गाई दोहेर भए पनि ।।

उता श्री छ महाराज शासन गर्दा भए भ्रष्टाचारीको मुखै हेर्दिन भनि।
आफै मात्रै शासन गर्छु भनि खेद्दा भए जंगली धामीझाँक्रीहरु पनि।।

बजेट सब दिदा भए सर्प भ्यागुता बिच्छीहरु नै पाल्न भनि।
उता धरहरा मिस्त्रीले नै बनाएको हो भन्न थाले सर्पका मालिक पनि।।

उता देशको बजेट जति सब गयो रे भन्न थाले हजुर यतिमा।
जनता भने चुपचापले बस्न थाले चित्त बुझाएर नै त्यतिमा।।

उता चाकरी गर्दा भए श्री छ महाराज धर्मराज मोदीमा।
तिनले पनि अर्काको देशको चुच्चे नक्सा लगाइ दिए गोजीमा।।

श्री छ महाराजले घोषणा गर्दा भए राम मन्दिर बनाउछु भनि ठोरिमा।
बिरोध गर्ने सबलाई झुन्ड्यार मार्छु भनि सोच्न थाले डोरीमा।।

हेप्नेहरु पनि कमाउन थाले भजन गाएर उनै श्री छ महाराज बिच।
देशको बजेट जति सकियो टालटुल पारेर बाटोकै पिच।।

उता रावण पुष विमान लिएर सवार भए बादरमुढे भन्ने ठाउँमा।
पुष विमान बस्दा हावाले उजाड बनाइ दियो मानव गाउँमा।।

राम जि को बरियाँत लिइ जाने भन्थे सीता जि को गाउँमा।
बजेट जति यतिमा हालेर मन्दिर बनाउदै छन् रे हेप्नेहरुकै नाउँमा!!

उता श्री छ महाराज वृक्षरोपण गर्दैछन् रे के को हो कुन्नि गाउँमा!
कलम चोप्दा देश बिगि्रएको भन्छन् जनले चिसाघरकै नाउँमा।।

यो कविता जारी गरियो हजुर सचेत हुन भनि जन हितमा।
संयोग मात्रै मान्नु होला है हजुर मेल खान गयो भने कसै बिचमा।।

🌹🌹 धन्यवाद।🌹🌹

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्