कतारी रियल जेठ ७ भित्र सटही गर्न राष्ट्र बैंककाे निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले कतारी रियल नोटहरू बैंकिङ विभाग तथा प्रदेशस्थित कार्यालयमा बुझाउन भनेको छ। विदेशी मुद्राको विनिमय एकीकृत परिपत्र जारी गर्दै कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियल बैंक नोटहरु हटाउने निर्णय गरे पछि उक्त नोटहरू केन्द्रीय बैंकमा बुझाउन भनेको हो।

केन्द्रीय बैंकले उक्त नोटहरूआगामी जेठ ७ गते भित्र राष्ट्र बैंकले तोकेका कार्यालयहरूमा बुझाउनु पर्ने बताएको छ। नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने ब्यांक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरुबाट तोकिएको मितिभन्दा अगाडि कतारी रियाल सटही गर्न सकिनेछ। सो मितिभन्दा पछाडि सटही गर्न बाध्य नहुने राष्ट्र ब्यांकको सूचनामा उल्लेख छ।

कतारको केन्द्रीय बैंकले आगामी जुलाई १ गते बाट ति नोटहरू प्रतिबन्ध गर्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्