त्रिदेशीय टी-२० सिरिज : आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदै



८ वैशाख काठमाडौं । त्रिकोणात्मक टी-२०  क्रिकेट सिरिजमा आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२:१५ बजे सुरु हुनेछ ।

नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । नेदरल्याण्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्याण्ड्सले दोस्रो खेलमा मलेसियालाई १५ रनले र तेस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको थियो।

उता जितविहीन मलेसियालाई आजको खेल जिते पनि फाइनल पुग्न कठिन छ। मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले र दोस्रो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो। तीन खेलमा दुई खेल जित्दै आयोजक नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ।

मलेसिया भने सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेदरल्याण्ड्सलाई पराजित गर्न सकेन मलेसियाको पनि फाइनल पुग्ने सम्भावना सम्भावना कायम रहन्छ । तर त्यसका लागि मलेसियाले नेदरल्याण्ड्स र नेपाल दुवैला२ फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको सिरिजमा डबल राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

डबल राउण्ड रोबिनको आधारमा जारी शृंखलाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते शनिबार हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्