देश भर पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि



 वैशाख ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको  बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्