ओली र माधव नेपालबीच छलफल जारी



काठमाडौं । सत्तासिन दल एमालेमा नेताहरुका वीचमा वढेको अन्तरविरोध चुलिँदै पार्टी नै विभाजनको डिलमा पुगिरहेका बेला प्रधानमन्त्री केपी ओली र माधव नेपाल वीच भेटवार्ता शुरु भएको छ ।

नक्सालको मेरियट होटलमा प्रधानमन्त्री ओली र नेता नेपालका वीचमा भेटवार्ता शुरु भएको हो । भेटवार्तामा अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलपनि सँगै सहभागी रहेको बताईएको छ। वालुवाटारस्थित एक उच्च स्रोतले दिएको जानकारी अनुसार, भेटवार्तामा पार्टीभित्र उत्पन्न परिस्थिती र यसको समाधानका विषयमा शीर्ष तहमा छलफल गर्ने उदेश्यले भेटवार्ता भएको हो।

नेता माधव नेपाल सहित नेपाल पक्षका २७ संघीय सांसदलाई ओलीले ‘संसद्को सदस्य पदबाट किन नहटाउने  ?’ भन्ने प्रश्नसहित स्पष्टीकरण सोधेको भोलिपल्टै ओली र नेपालका वीचमा भेटवार्ता भएको हो। भेटवार्ता अगाडी नेपाल आफु पक्षिय स्थायी समिति सदस्यहरुसँग रणनीति वनाएर ओली भेटन पुगेका हुन्। नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर भोलि वुधबार पार्टी एकताको अपिल गदै वक्तब्य दिने तयारी गरेको छ।

ओलीलाई आजै दिउँसो नेपाल पक्षका नेता योगेश भटटराईले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उदार मनका साथ पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए। पार्टी एकता जोगाउनु पर्ने र त्यसका लागि प्रधानमन्त्री ओलीले पहिले उदार मन वनाएर लचकताका साथ प्रस्तुत हुनुपर्ने भन्दै त्यसका लागि आग्रह गरेका थिए । उनले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि शीर्ष तहमा एकचरण वार्ता गर्न आग्रह गरेर फर्केका थिए।

त्यसपछि नेपाल र ओलीका वीचमा अहिले भेटवार्ता शुरु भएको उच्च स्रोतले जनाएको छ। नेपाल पक्ष र ओली पक्षका वीचमा यस अगाडी चैत २ गते धुम्वराहीस्थित पार्टी कार्यलयमा भेटवार्ता भएको थियो। त्यसवेला ओलीले माधव पक्षलाई राष्टिय कार्यकर्ता भेला रोक्न आग्रह गरेको थियो भने नेपाल पक्षले ओलीले फागुन २८ मा माधव नेपाल पक्षको अनुपस्थित विना गरेको निर्णय नमान्ने भन्दै त्यसलाई अश्वीकार गर्ने वताएको थियो।

त्यसपछि झन वढदै गएको विवाद पछि ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाको लागि निलम्वन गरेको छ। अहिले काग्रेस र माओवादीले अविश्वास प्रस्ताव ल्याउन सक्ने र त्यसमा नेपाल पक्षले आफ्नो विरुद्ध काग्रेस माओवादीको गठवन्धनमा लागेर मत दिन सक्ने ठानेर नेपाल सहितका सांसदलाई सपष्टिकरण सोधेको छ। मंगलवार स्पष्टिकरण सोधेपछि एमाले विवाद विभाजनको डिलमा पुगेको अनुमान लगाउन थालिएको छ।

यही बेला ओली र नेपालका वीचमा भएको भेटवार्ता अर्थपूर्ण रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्