ब्राजिलमा पछिल्लो २४ घण्टामा कोराेनाबाट ३४०० सयको मृत्यु



वैशाख ९, एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घण्टामायता कोरोना (कोभिड १९) को सङ्क्रमणबाट ३००० हजारभन्दा बढीको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्यान गएको हो ।

कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । यो सँगै ब्राजिलमा कोभिडबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्