काठमाडौँमा मात्र आज एकै दिनमा थपिए , ९४० जना कोरोना संक्रमति



वैशाख १०,  काठमाडौँ ।  काठमाडौँमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । काठमाडौँपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्