चोरी सिकारी बढ्दो, गोलि लागेको चित्तल मृतफेला



दाङ । देउखुरीमा मृत चित्तल फेला परेको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनगैँ जँगलमा चित्तल मृत फेला परेको हो ।
स्वर्गद्वारी हरियाली सामुदायिक बन समितिको क्षेत्राधिकार भित्र पर्ने जँगलमा स्थानिय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि, प्रहरी र बन कर्मचारीलाई खबर गरेका थिए ।

लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको रोहबरमा मुचुल्का उठाई डिभिजन बन कार्यालय देउखुरीलाई जिम्मा लगाईएको छ ।
मृत चित्तलको पोष्टमार्टम गरि जँगलमा गाडिने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरन चौधरीले बताए ।

जनप्रतिनिधि बुढा सहित प्रहरी चौकि बनगैँका प्रमुख कमल पौडेल, बन कर्मचारी मुरारी शर्मा, डिभिजन बन कार्यालयका प्रतिनिधि हरु, स्थानिय, सामुदायिक बनका प्रतिनिधि उद्दार कार्यमा खटिएका हुन ।

मासुका लागि चित्तललाई निशाना बनाएको हुनसक्ने अनुमान गरिएको छ । चित्तलको पछाडी खुट्टा र ढाडमा गोली लागेको छ । पछिल्लो समय देउखुरी लगायत दाङमा चोरी सिकारी बढिरहेको स्थानिय बताउँछन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्