योजना तर्जुमा र कार्यान्वयनमा संलग्न हुन नागरिकलाई उत्प्रेरित गरिदै




सल्यान, १२ बैशाख ।

सल्यानमा सामुदायीक संस्थाका पदाधिकारीहरुलाई योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रक्रिया सम्बन्धी अभिमुखिकरण गरिएको छ । सुुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत वस्ति स्तरमा योजना छनौटको बेला सबै घरधुरीका नागरिकहरूलाई समस्याको पहिचान, योजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा संलग्न गराउन उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको हो । आइतबार जिल्लाको कपुरकोट गाउँपालिकामा अभिमुखिकरण सम्पन्न भएको सुुशासनमा नागरिक सहभागीता कार्यक्रमका जिल्ला संयोजक गुमान सिंह नेपालीले जानकारि दिए ।

स्थानीय तहको योजना प्रणाली सहभागितामूलक हुने र टोल वा बस्तीस्तरबाट छनौट भएका योजना वडाको प्राथमिकीकरणमा पर्नुपर्ने कानुनी तथा नीतिगत व्यवस्था छ । नागरिकहरुलाई आपफ्ना आवाज र मागहरु स्थानीय सरकार सम्म पुर्याउने वातावरण निर्माणका लागि सामुदायीक समुहका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिएको संयोजक नेपालीले बताए । अभिमुखिकरणमा २३ जना बढीको सहभागीता थियो । सहभागी सामुदायीक समुहका पदाधिकारीहरुले वस्ती स्तरको योजना छनौट तथा छलफल कार्यमा बालबालिका, महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अशक्त, तथा पिछडिएका वर्ग लगायतका सबै समुदायको सार्थक उपस्थितीका लागि खबर र पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले नागरिक कर्तव्यको पनि पालना गर्दै स्थानीय सरकारलाई रचनात्मक सुझाव सल्लाह दिने र समस्याको पहिचान, परियोजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा आफुहरु सक्रियता पूर्वक संलग्न हुने बबताएका छन् ।

स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन अन्तर्गत बैसाख महिनाभित्र संघ तथा प्रदेशबाट बित्तिय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि मार्गदर्शन प्राप्त गर्ने, बैसाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने, जेठ १५ भित्र बस्ती तथा टोल स्तरबाट योजना छनौट गरिसक्ने र जेठ २५ गतेभित्र वडास्तरीय योजना प्राथामिकीकरण गर्ने व्यवस्था छ । यस्तै असार १५ भित्र बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तयारी गर्ने, असार १५ गते कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गरी सभामा पेश गर्ने र असार ३० भित्र सभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गर्नुपर्ने व्यवस्था रहेको छ । यस प्रकारको स्थानीय तहको योजना प्रक्रिया र नीतिगत व्यवस्था तथा अनुगमन प्रक्रियाका सन्दर्भमा सुुशासनमा नागरिक सहभागीता कार्यक्रमका जील्ला संयोजक नेपालीले सहभागीहरुलाई अभिमुखिकरण गरेका थिए ।

यूरोपियन न्यूनियनको सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौ, आइएम स्वीडिस डेभलप्मेन्ट पार्टनर काठमाण्डौ र ते दे जोम फाउन्डेसन काठमाण्डौको संयुक्त आयोजनामा सल्यानका पाँच स्थानीय तहहरुमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम संचालनमा रहेको छ । जिल्लाको कपुरकोट, कालिमाटी, त्रिवेणी, सिद्धकुमाख र दार्मा गाउँपालिकामा यो कार्यक्रम सञ्चलन भइरहेको दलित विकास समाज सल्यानले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्