खेतको बान्ना जस्तै मेसिनरी वाल ईन्जिनियर थापा



बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नाैरामा निर्माण भएको खेलमैदान निजि खेतमा हालेको बान्ना जस्तै भएको छ ।

लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको लेकी क्रिकेट खेलमैदान खेतमा हालेको बान्ना जस्तै बनेकाे जयपृथ्वी नगरपालिकाका ईन्जिनियर लालबहादुर थापाको भनाइ छ । सामाजिक सञ्जालमा सर्वत्र अालाेचनाकाे रुपममा रहेको बझाङ नाैराकाे क्रिकेट खेलमैदान साच्चिकै कमसल सामाग्री प्रयाेग गरेर निर्माण गरिएको ईन्जिनियर थापाले बताए ।

जयपृथ्वी नगरपालिकाकाे नाैरामा निर्माण भएको खेलमैदानकाे भने लागत अनुमान रकम ८१६७५६८/३४ रहेकाे मा ठेकेदारले विलाे हालेर ३९९१५६९ रुपैयामा काम गर्ने भन्दै मिति २७७/१/२६ गते सम्झौता गरेरका थिए भने ,मिति २०७७/३/५ गते काम सम्पन्न गर्नुपर्ने सम्झौता भएता पनि खेलमैदान अहिलेसम्म खेलहरु खेल्न लाएककाे नभएको हुदा स्थानीय दुखेसाे पाेख्दै अाएका छन । लेकि क्रिकेट खेलमैदानकाे बिषयमा हामीले बुझ्न जादा मेसिनरी वालमा कमसल सामाग्री प्रयाेग गरेकाे मेसिनरीवाल कम्जोर बनाएर विच विचमा माटाेकाे प्रयाेग गरिएको पाईएकाे छ ।

केही समय अगाडि सम्झौता अनुसार काम भएको खेलमैदानकाे भुक्तानी दिदा प्राविधिकले काममा कम्जाेरी देखा परेको बताउदै,अानाकानि पनि गरेका हुन । खेलमैदानमा काम राम्रोसँग नभएको थाहा पाउँदा पनि नगरपालिकाका ईन्जिनियर र उपरसेरले हचुवाकाे भरमा स्टमेट उठाएको पाईन्छ । प्राविधिकले स्टमेट उठाउन जादा फिल्डमा बाल नजिकै फिलिङ नभएको भन्दै केही समय राेकेकाे भएता पनि पछिल्लो समय मिलाेमताेमा काम कमसल देख्दा देख्दै स्टमेट उठाउनुमा ईन्जिनियर प्राविधिककाे मिलाेमताे छ कि भन्ने प्रश्न उठेको छ । हामीलाई लाग्छ । अाफै खेतको जस्तो बाल भन्ने ईन्जिनियर थापाले कसरी त्यसको निरिक्षण गरेका हुन ।

यता निर्माण कम्पनीका ठेकेदार शेर बहादुर बाेहरालाई हामीले साेध्दा उनले भने, काम राम्रो भएको ईन्जिनियर प्राविधिकले स्टमेट उठाएको बताउदै अाफुले खेलमैदानकाे काम रकम ८१६७५६८/३४ मा गरेका र ठेक्का विलाे हालेर ३९९१५६९ मा पाएकाे बताएका छन । ठेकेदारले भने राम्रो भएको दावी गरेता पनि नगरपालिका ईन्जिनियर थापाले भने उनको कामलाई खेतको बाल जस्तो भएको बताए । यस विषयमा भने जयपृथ्वी नगरपालिका माैन बसेकाे छ । तर सामाजिक सञ्जालमा सर्वत्र अालाेचना भएको देख्न पाईन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्