एन्टाले अवधी वेबीनार गर्यो



एसोसियसन अफ नेपाली तराइन इन अमेरिका (एन्टा)को आयोजनामा एन्टा-अवध सम्बादको पहिलो भाग यहि शनिबार बेलुका साढे ८ बजे देखि सुरु भएको छ ।
एन्टाकी अध्यक्ष अपराजिता मिश्र झाको संयोजनमा शुरु भएको सो वेबीनारमा नेपाल र अमेरिकामा रहेका अवधीभाषी नेपालीहरुले साहित्यक तथा सांस्कृतिक प्रस्तुतिका साथै अवधी भाषाको संरक्षण तथा यसलाई बिश्वब्यापी रुपमा प्रचार प्रसार गर्नको लागि नेपाल,भारत तथा अमेरिकामा रहेका अवधी भाषी बीच सल्लाह,समन्वय तथा साझा छलफल हुनु पर्ने कुरामा जोड दिएका थिए ।

एन्टा सभापती अपराजिता झाले एन्टाले अमेरिका नेपाल र भारतमा रहेका अवधी भाषी हरुलाइ एउटै साङ्लोले बाध्नको लागि एन्टा-अवध सम्बाद कार्यक्रमले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो । एन्टाले अहिले सम्म मैथिली र भोजपुरी समुदायलाई मात्र जोडेको अवस्थामा नेपालको तराईको आधा भागमा बसोबास गर्ने अवधी समाजलाई यस कार्यक्रमले जोडने प्रयास गर्छ।कार्यक्रममा अवधी भाषाका जानकार तथा लेखक बिक्रम मणि त्रिपाठिद्वारा निर्मित अवधी बृतचित्र प्रस्तुत गरिएको थियो ।अवधी भाषी बिजय बर्माले अबधी भाषा संस्कृतिको बिकासको बारेमा बिचार राख्नु भएको थियो ।

त्यसै गरि कार्यक्रममा नेपालगंज बाट शुशिला बैश्यले देवी गीत, कपिलबस्तुका अजय बर्माको ब्यबस्थापनमा पार्बती गुप्ता र चन्दा गुप्ताले सोहर गीत, अवधी सांस्कृतिक बिकास प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुमालले कबिता तथा कपिलबस्तुका श्याम प्रकाश श्रीवास्तवले अवधी लोकगीत मार्फत अवधी भाषाको गरिमालाई उच्च पार्नु भएको थियो ।

त्यसैगरि कार्यक्रममा भगवान यादवको ब्यबस्थापनमा नेपाल अवधी पत्रकार दाङका अध्यक्ष दुख हरण यादवले दुर्गामाताको आराधाना सहितको सांगितिक देवी झाकी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कपिलबस्तु जिल्लाका हाल अमेरिकाबाट डा . प्रेम शुक्ला, शिव मिश्र लगायतले एन्टाले सुरुवात गरेको कार्यको प्रशंसा गर्दै खुसी ब्यक्त गर्नु भएको थियो । जुम अनलाइन प्रबिधी मार्फत आउने चार शनिबार कार्यक्रम आयोजना गरिने एन्टाले जनाएको छ । अवधी भाषी अमेरिककामा सेवा इन्टरनेसनलमा कार्यरत शिव मिश्रको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन आलोक तिवारी र भगवान यादवले गर्नु भएको थियो। सो कार्यक्रममा प्रबिधी संयोजन अन्टाकी प्रमुख प्रविधी अधिकृत रुबि देवले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्