विवाह र व्रतबन्धको कार्यक्रम गर्नुपरेमा १५ जनाभन्दा बढी भेला हुन नपाउने



काठमाडौं। काठमाडौं उपत्यकामा विवाह र व्रतबन्धको कार्यक्रम गर्नुपरेमा १५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरिएको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको हो। ‘विवाह व्रतबन्धको कार्यक्रमका लागी पूर्व अनुमति लिनुपर्छ’ काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले भने– ‘स्थानीय प्रशासनको अनुमतिपछि थोरै मान्छे भेला भएर विवाह र व्रतबन्धको कार्यक्रम गर्न दिने निर्णय गरेका छौं।

विवाह र व्रतबन्धमा १५ जना भन्दा धेरै सहभागी हुने पाउने छैनन्। सोमबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाका होटल र रेष्टुरेण्ट पनि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको प्रजिअ पराजुलीले बताए। उनले भने–‘होटल, रेष्टुरेण्ट एक साताका लागि पूर्ण रुपमा बन्द गरिएको छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्