रौतहटमा पहिलो पटक संक्रमित एकजना वृद्धको मृत्यु



वैशाख १४ , काठमाडौं । कोरोना माहामारीको दोस्रो लहरमा रौतहटमा पहिलो पटक संक्रमित एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीका ७० वर्षीय एकजना वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

तीन दिन अघि संक्रमण पुष्टि भएर घरमै रहेका तथा दमको रोगबाट समेत अवस्था गम्भीर हुँदा उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा गएराति उनको मृत्यु भएको रौतहटका प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्